साताको दोश्रो कारोबार दिन आज मंगलबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो।
आज नेप्से परिसूचक १७.९१ अंक घटेर २८०७.३१ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.०७ अंक, फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ।
नेप्से घटे पनि आज कारोबार रकम भने केही बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १५ प्रतिशत, एसियन हाइड्रोपावरको सेयरमूल्य करिब ११ प्रतिशत र होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। कारोबारमा आएको दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ८।७१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीकोआज ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै आज रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने नेसनल हाइड्रोपावरको करिब २३ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १।१६ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १।२७ प्रतिशतले घटेको छ भने जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
