साताको तेश्रो कारोबारमा नेप्से ओरालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर बजार परिसूचक नेप्से यो साताको तेस्रो कारोबारमा आज बुधबार सामान्य अंकले घटेको छ।

आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६४ अंकले घटेर २७११.२२ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३६ कम्पनीको ७१ लाख ३१ हजार ५ सय ५७ कित्ता शेयर ४७ हजार ८ सय ४१ पटक किनबेच हुँदा ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७ सय ७९ रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।