साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.६६ अंकले बढेर २७८०.२५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २२.२१ अंकले बढेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४७ कम्पनीको १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता शेयर ६२ हजार १ सय ४८ पटक किनबेच भएको छ।
नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेको छ। आज ५ अर्ब ७३ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको छ।अ
घिल्लो कारोबारमा ५ अर्ब २६ करोड ३८ लाख ३६ हजार ७ सय ८६ रुपैयाँको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४४ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
