साताको पहिलो कारोबारमा नेप्सेसँगै रकममा तगारो

साताको पहिलो कारोबार दिन आज सोमबार शेयर र बजार २०.२७ अंक घटेको छ । अघिल्लो साता शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा रोकिएको स्टक एक्सचेञ्जले जनाएको छ ।
आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म नकारात्मक रह्यो ।
४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो ।

कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज सोमबार ४ अर्ब ८ करोड रुपैयाँको भयो ।

फाइनान्सबाहेक सबै समूहका सूचक घटेको स्टक एक्सचेञ्जले उल्लेख गरेको छ ।