साताको तेस्रो कारोबार दिन आज बुधबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ६.३१ अंकले घटेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ५२ कम्पनीको ८३ लाख ७५ हजार ४ सय ७१ कित्ता शेयर ४४ हजार ५ सय ४२ पटक किनबेच भएको छ। ३ अर्ब ६३ करोड ३७ लाख ५८ हजार ९ सय १० रुपैयाँको कारोबार भएको छ।
आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा ८ उपसमूहको परिसूचक घटेको छ। ७ उपसमूहको परिसूचक बढेको छ।
