सरकारले पहिले थुन्ने अनि सुन्ने नीति अवलम्बन गर्न थालेपछि विशेषगरी मारवाडी समुदायका व्यवसायीहरूले भारत र तेस्रो मुलुकतिर व्यापार स्थानान्तरण गर्नेबारे सोचिरहेको उद्योगी व्यसायीले बताएका छन् ।
दुई तिहाइको बलियो सरकार नयाँ र युवाहरूले बनाएपछि सहज दिन आउला भन्ने सोचेपनि गलत बुझाईले दुख्ख पाउन थालेपनि देश छोड्नतिर मन लागेको एक मारवाडी व्यवसायीले नीति 365लाई बताए ।
उनले भने, “एकातिर व्यवसायीले पुँजी बाहिर लगिरहेको स्थिति छ भने अर्कोतर्फ निकै आशा गरिएका अर्थमन्त्री स्वयं करको दर हेरफेर गरेको र बजेट बारेको सूचना पहिले नै चुहावट गरेको आरोपले हामीलाई समस्यामा पार्यो विकल्प देश छोड भन्ने हो ।”
उनले थपे, “अर्थमन्त्रीले करको दर हेरफेर गर्दा सबैभन्दा धेरै लाभ सरकार चलाएकोलाई नै भएको छ । किनकि विगतमा पाँच र छ लाख पारिश्रमिकमा करको एक प्रतिशतको स्ल्याबमा १० पुर्याउँदा वार्षिक १० लाख को हाराहारी तलब भत्ता बुझ्ने सबैलाई ठूलो राहत मिल्छ । मन्त्री र प्रधानमन्त्रीहरूले मासिक २० देखि ३० हजार जोगाउन सकिनेगरी नयाँ करको दर निर्धारण गर्न अर्थमन्त्रीलाई लगाएको देखिन्छ । त्यसमाथि वार्षिक १० लाखसम्म आय भएकालाई एक प्रतिशत मात्रै कर लगाउँदा मध्यम वर्गलाई निकै राहत पुग्ने हुन्छ ।”
उनले नाम नबताउने शर्तमा नीति 365लाई प्रश्न गरे, “अब होइन त देश छाड भनेको ?”
