साताको तेस्रो कारोबार दिन आज बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक समान्य अंकले घटेर बन्द भएको छ।
अघिल्ले दिन दोहोरो अंकले घटेको बजार आज भने ०.२६ अंकले घटेको हो।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२२.२२ बिन्दुमा पुगेको छ। आज शेयर बजारमा १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ११० कम्पनीको शेयर मूल्य बढेको छ। आज १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज शेयर बजारमा ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ४२ हजार ७०९ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ। आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेड कम्पनीको १७ करोड ५२ लाख ८२ हजार रुपैयाँ बराबरका सेयर किनबेच भएको छ।
आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, जलविद्युत, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचक सकारात्मक रहेका छन्।
सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले बढेको छ। विकास बैंक, वित्त, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनशील तथा प्रशोधन, लघुवित्त तथा म्युचुअल फण्ड समूहका परिसूचक भने ओरालो लागेका छन्। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक ०.३८ प्रतिशतले झरेको छ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.०८ अंकले घटेर ४६१ बिन्दुमा पुगेको छ। सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ। परिसूचसँगै कारोबार पनि घटेको स्टक एक्सचेञ्जले जनाएको छ।
