भारत सहित १३ देशका लागि राजदूत सिफारिस

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार

सरकारले भारत, चीन, अमेरिकालगायत १३ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस गरेको हो। भारतका लागि सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डे, चीनका लागि चीन मामिला विज्ञ कल्याणराज शर्मा र अमेरिकाका लागि सुरक्षा विज्ञ चिरनजंग थापाको नाम सिफारिस गरिएको छ।

त्यस्तै पूर्वप्रधानसेनापति गौरवशमशेर जबरालाई संयुक्त अधिराज्य बेलायतका लागि राजदूत सिफारिस गरिएको छ। उनी यसअघि भारतका लागि राजदूतका रूपमा चर्चामा थिए।

सरकारले जिग्यानकुमार थापालाई जापान, सुरेशकुमार कर्णलाई इजरायल, प्राप्ति शेरचनलाई स्पेन र सरू जोशीलाई जर्मनीका लागि राजदूत सिफारिस गरेको छ।

त्यस्तै पद्माक्षी राणालाई ओमान, चूडामणि खरेललाई मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठलाई दक्षिण कोरिया, डा.मंचला झालाई श्रीलंका र गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि राजदूत सिफारिस गरिएको छ।

मन्त्रिपरिषद्बाट नाम सिफारिस भए पनि उनीहरू तत्काल राजदूत नियुक्त हुने छैनन्। सिफारिस भएका उम्मेदवारहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्नेछ। त्यसपछि सम्बन्धित मुलुकबाट सहमति अर्थात् ‘एग्रिमो’ प्राप्त भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

को कहाँ?

१. निश्चलनाथ पाण्डे -भारत

२. कल्याणराज शर्मा-चीन

३.चिरनजंग थापा-अमेरिका

४.गौरवशमशेर जबरा- बेलायत

५.जिग्यानकुमार थापा -जापान

६.सुरेशकुमार कर्ण- इजरायल

७. प्राप्ति शेरचन- स्पेन

८. सरू जोशी- जर्मनी

९.पद्माक्षी राणा- ओमान

१०. चूडामणि खरेल- मलेसिया

११. प्रा.डा. संगम श्रेष्ठ-दक्षिण कोरिया

१२. डा-मंचला झा- श्रीलंका

१३. गिरीबहादुर सुनार- साउदी अरेबिया