प्रधानसेनापति अशोकराज सिग्देल परिवारसहित बडिमालिका दर्शनका लागि बाजुरा पुगेका छन्।
उनी सैनिक टोलीसहित नेपाली सेनाको कल साइन एनए–०५८ अगुस्टा हेलिकप्टरमा हिजो शनिबार काठमाडौंबाट बाजुरा गएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मध्य एयरबेसबाट उडेको हेलिकप्टर बाजुराको बडिमालिका नगरपालिका–८, थापाथली ब्यारेकस्थित श्री ईश्वरीबक्स गुल्मको मुख्यालयमा अवतरण गरेको थियो ।
प्रधानसेनापति सिग्देल र परिवारका सदस्य आज राति सोही गुल्ममा बसेका छन्। एक अधिकृतसहित आठजना सैनिक अधिकृत प्रधानसेनापतिको टोलीमा रहेको बुझिएको छ ।
प्रधानसेनापति सिग्देलको बाजुरा भ्रमणबारे थप विवरण दिइएको छैन । तर, उनले आज बडिमालिकामा पूजाआजो कार्यक्रम छ ।
