लोसपामा निस्क्रिय वरिष्ठ नेता अनिल झाको राजीनामा

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिनुभएको छ ।

अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसक्नुभएको लोसपाले जनाएको छ ।

‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरको सचिवालयले जनाएको छ ।
अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिनुभयो ।
झा पछिल्लो समय लोसपामा निस्क्रिय रहनुभएको थियो ।

 

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार