प्रधानसेनापति अशोकराज सिग्देल स्वेद फर्किनुभएको छ ।
यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिएर उहाँ स्वदेश फर्किनुभएको हो ।
प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
सिग्देललाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
रासस