राष्ट्रिय परीक्षा बोर्डले यसअघि स्थगित भएको कक्षा १२ को पूरक परीक्षाको संशोधित तालिका प्रकाशन गरेको छ। बोर्डले २०८२ सालको वैशाख महिनामा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८१ भएका) परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्ने विद्यार्थीहरु यो परीक्षामा बस्न पाउनेछन्।
यसबाहेक सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिक तर्फ अन्य विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी वा कुनै एक विषयमा अनुपस्थित भएका परीक्षार्थीहरूको लागि पनि मौका (पूरक) परीक्षाको तालिका प्रकाशन गरेको हो।
यसअघि तोकिएको परीक्षा जेन जी आन्दोलनका कारण स्थगित भएको थियो।