पहिला असोज १ गते मनाइने राष्ट्रिय चलचित्र दिवस यस वर्ष देखि भने असोज १५ गते मनाइदैछ । नेपालको पहिलो कथानक चलचित्र आमाको प्रदर्शन मितिलाई ध्यानमा राखेर असोज १५ लाई राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो ।
नेपाली चलचित्रको इतिहास
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।
बिसं २०२१ मा चलचित्र आमामा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन चन्दले नायक नायिकाका रुपमा कार्य गरेका हुन् ।
त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।यस वर्ष अभिनेता लोहनीे संसारबाट बिदा हुनु भएको छ यद्धपि चलचित्रमा वहाँको योगदान सदैव स्मरण गरिनेछ ।
