आज विश्व पशु दिवस

आज विश्व पशु दिवस संसारभर मनाईदैछ ।

सन् १९२५ अर्थात्त लगभग ९४ बर्षअघि जर्मनको बर्लिनमा जर्मन लेखक हेनरिच जिमरम्यानले बिश्वमै प्रथम जनावर दिवस मनाएका हुन् ।

सन् १९२९ बाट औपचारीक रुपमै अक्टोबर ४ मा यस दिवस मनाउन थालियो, यस दिनमा ईटालियन संत फ्रँन्सिस अफ एसिसी को जन्मदिन पनि पर्न गएको हो, यि सन्तलाई ११ औं शताब्दीवाट अहिलेसम्म पर्यायवरण र जनावर मैत्रि समाजका प्रवर्तक र प्रचारक का रुपमा चिनिन्छ ।

हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ ।

मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।

विश्व पशु दिवसले पशु कल्याण आन्दोलनलाई एकताबद्ध गर्दछ, यसलाई विश्वलाई सबै जनावरहरूको लागि राम्रो ठाउँ बनाउन विश्वव्यापी शक्तिमा परिचालन गर्दछ।

कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।

विश्व पशु दिवस २०२५ को नारा “Save Animals, Save the Planet” यसले जनावरहरूको संरक्षण पृथ्वीको स्वास्थ्यका लागि महत्वपूर्ण भएको कुरा देखाउँछ।

यसले जनावरको भलाइ र वातावरणीय दिगोपनाको आपसी सम्बन्धलाई जोड दिन्छ र वन्यजन्तु तथा प्राकृतिक आवास संरक्षणका लागि कदम चाल्न सबैलाई आग्रह गर्दछ।