हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
