सुदन गुरुङलगायतलाई प्रधानमन्त्रीले दुई करोड ६७ लाख खर्च गरेको आरोप

सु सरकार र जेन–जीबीच हिजो बुधबार सिंहदरबारमा भएको सम्झौतालाई लिएर जेन–जीको एक समूहले असन्तुष्टि जनाएको छ ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो समूहले सुशीला कार्कीले आफ्ना विरोधीहरुको मुख थुन्न दुई करोड ६७ लाख खर्च गरेर प्रधानमन्त्री बनेको आरोप लगाएको छ ।

एक जेन–जी अभियन्ताले कार्कीले २ करोड ६७ लाख पैसा सुदन गुरुङलगायतका मानिसहरुलाई बाँडेको प्रमाण दिन आफू तयार रहेको बताए ।

प्रमाण दिन नसकेको खण्डमा आफू झुण्डिन पनि तयार रहेको उनको भनाइ छ । आफूले प्रमाण दिएपछि प्रधानमन्त्री कार्कीले पदबाट राजीनामा दिनुपर्ने उनले बताए ।

‘जुन दिन जङ्गीअड्डाको बाहिर सुशीला कार्कीको विरुद्धमा नारा घन्किँदै थियो, जङ्गी अड्डा बाहिर विरुद्धमा को–को बोलिरहेका छन्, तिनीहरुलाई मिलाउ, तिनीहरुको मुख बन्द गराउ भनेर तपाईँले २ करोड ६७ लाख कस कसलाई दिनुभयो रु तपाईँको जेठो छोरा सुदन गुरुङहरुलाई दिनुभएको होइन ? म प्रमाण दिन तयार छु । कहाँ आउनुपर्ने हो, त्यो कुरा सत्य होइन भने म झुण्डिन तयार छु । यदि यो कुरा सत्य हो भने तपाईँ राजीनामा दिन तयार हो र?’ प्रश्न गर्दै उनले भने ।