हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले गत आर्थिक वर्षको मुनाफाबाट साढे ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमा १.५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश गरिएको छ।
त्यसैगरी, बैठकले पुस २१ गते चौधौँ वार्षिक साधारण सभा बोलाउने र साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ८ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।
यस अनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
