सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (IPO) आज शुक्रबार बाँडफाँट गरेको छ। बैंकले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि नेपाल सरकारको श्रम स्वीकृतिपछि निष्कासन गरेको यो IPO आज बाँडफाँट भएको हो।
सालपाको IPO मा कुल ६७ हजार ६५५ जनाको आवेदन परेको थियो। यसमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको छ।
गोलाप्रथाबाट बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। ती मध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाउने भाग्य हासिल गरेका छन्।
सालपाको IPO बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ विकास क्यापिटलले सम्हालेको थियो। बाँडफाँट सम्पन्न भएपछि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूले संस्थामा लगानी गर्ने अवसर पाएका छन्, जसले शेयर बजारमा सहभागिता र लगानी संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।
