सिटिजन्स सन्तुलित योजनाका इकाइहरु बिक्री खुला

काठमाडौँ । सिटिजन्स सन्तुलित योजनाका इकाइहरु पुस ४ गतेदेखि बिक्री खुला गरिएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।

यस योजनाको इकाइ बिक्री बन्द छिटोमा मंसिर ८ गते र ढिलोमा पुस १८ गते बैंकिङ समयपछि हुनेछ। योजना व्यवस्थापकमा सिटिजन्स क्यािपटल रहेको छ।

म्युचुअल फण्डमा लगानी गर्दा बचतमा भन्दा बढी प्रतिफल प्राप्त गर्न सकिने सम्भावना हुन्छ । यस योजनाले सेयर तथा डिबेन्चरहरुमा लगानी गरी नाफा र जोखिमको सही सन्तुलन राख्नेछ । हाल नेप्से इन्डेक्स तल्लो तहमा भएकाले यस योजनाले लगानीबाट राम्रो प्रतिफल आर्जन गर्न सक्ने सम्भावना बढी हुन्छ । राम्रो वार्षिक लाभांश दिन सफल योजना व्यवस्थापकले यस योजना संचालन गर्ने भएकोले पनि सक्दो लगानी गर्न उचित हुने धारणा छ,।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम १००,००० इकाई अर्थात प्रति इकाई रु.१० को दरले न्यूनतम रकम रु एक हजार र अधिकतम रकम रु दश करोड सम्म खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीय प्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १४५ हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटलले इच्छुक व्यक्तिलाई १,००० कित्ता देखी २ लाख कित्ता सम्म आवेदन दिन सुझाव दिएको छ भन्ने संस्थाहरुलाई पनी सक्दो बढी कित्ताको लागी आवेदन दिन सुझाव दिएको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स क्यापिटल लिमिटेडमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा सीइओ सबिर बादे श्रेष्ठ रहेका छन् ।