लामो समयदेखि लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले नयाँ योजना स्वरूप ‘मुक्तिनाथ प्रोटेक्सन पोर्टफोलियो’ सार्वजनिक गरेको छ। लगानीसँगै सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको यस योजनामा न्यूनतम १० लाख रुपैयाँबाट लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार लगानीकर्ताले आफूले लगानी गरेको रकमको आधारमा दुर्घटना बीमा, औषधोपचार बीमा तथा गम्भीर प्रकृतिका रोगसम्बन्धी बीमा सुविधासमेत प्राप्त गर्न सक्नेछन्। भविष्यमा हुन सक्ने आकस्मिक दुर्घटना, स्वास्थ्य समस्या तथा अन्य अनिश्चित घटनाबाट उत्पन्न हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्नु नै यस योजनाको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।
“आजको लगानी, भोलिको सुरक्षा” भन्ने नारासहित मुक्तिनाथ क्यापिटलले लगानीकर्ताको हितलाई केन्द्रमा राख्दै यो योजना अघि सारेको हो। कम्पनीका अनुसार यो पोर्टफोलियोले एकातर्फ लगानीबाट प्रतिफल आर्जन गर्ने अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ भविष्यमा हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिम र दुर्घटनाबाट हुने आर्थिक भारसमेत वहन गर्ने सुविधा उपलब्ध गराउनेछ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले यो योजनामार्फत सुरक्षित तथा दिगो लगानी व्यवस्थापन सेवामा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेको छ।
