मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार हाल कायम चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गरिनेछ। यसमध्ये १४.२५ प्रतिशत बराबरको ३ करोड १९ लाख १० हजार ४७३ रुपैयाँ ६२ पैसाको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत बराबरको १६ लाख ७९ हजार ४९८ रुपैयाँ ६१ पैसाको नगद लाभांश शेयरधनीहरुलाई प्रदान गरिनेछ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई शेयरधनीहरुलाई वितरण गरिने मिथिला लघुवित्त वित्तीय संस्थाले जानकारी दिएको छ।