कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकले गिरावट

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन आज विहिबार दोहोरो अंकले घटेको छ ।

बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ४८ प्रतिशतले घटेर २६२०.९२ बिन्दुमा पुगेको छ ।

यो १२.८३ अंकले घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल ३३६ कम्पनीको ६४ हजार ४०७ कारोबारबाट ३ अर्ब ७१ करोड ३९ लाख ५ हजार ४७० रुपैयाँ बराबरका १ करोड १ लाख ५३ हजार २२६ कित्ता शेयर किनबेच भएका हुन् ।

साताको चौथो दिन आज नेप्सेमा करिब ११ अंकले सुधार