साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ७९ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ०३ प्रतिशत, फ्लोट इण्डेक्स १ दशमलव ३३ र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १२ प्रतिशतले बढेको छ।
सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। थ्री स्टार हाईड्रोपावरको सेयर यस दिन ८.७८ प्रतिशत घटेको छ।
आजको कारोकारमा सबैभन्दा धेरै मन्जुश्री फाइनान्स्को ५३ करोड १६ लाख भन्दा धेरै शेयर खरिद बिक्रि भएको छ। एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ।
१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै,विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
