शेयर बजारमा नराम्रो रातो धर्साले सतायो नेप्से दोहारो अंकले ओरालो

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीका शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको चौथो दिन आज बुधबार दोहोरो अंकले ओरालो लागेको छ ।

बजार परिसुचक १३.६४ अंकले ओरालो लागेर २ हजार ७०१.१७ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५० प्रतिशत कम हो ।

कूल ३२४ कम्पनीको ८९ हजार ७ सय ६६ कारोबारबाट २ करोड १६ लाख ४१ हजार ८८३ शेयर बराबरका ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४७ रुपैयाँको शेयर किनबेच भएको हो ।