राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकविरुद्ध ‘प्रमाणको ठेली’ बोकर संसद भवन पुगेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नतालाई प्रमाणित गर्ने १५ सयभन्दा कागजातहरु फेला परेको उनीहरुको दावी छ ।
ती प्रमाण आजको बैठकमा पेश गरिने सांसद हरि ढकालले जानकारी दिनुभयो। उहाका अनुसार बिचौलियाहरुले गृहमन्त्री लेखकको बैंक खातामा पटक पटक लाखौँ रकम हालेको प्रमाण छ ।
‘गृहमन्त्रीकै खातामा पैसा आएको ट्रन्जिक्सनका स्लिपहरु छन्, पैसा फेरि उहाँको खातामा मात्रै होइन, हामीले चिनेका, वरिपरि देखिरहने अन्य व्यक्तिको खातामा समेत पैसा गएको छ’, ढकालले ठेली देखाउँदै भन्नुभयो, ‘अब यसको लागि उच्चस्तरीय आयोग नबनाउँदासम्म यो प्रकरणको निष्पक्ष र न्यायिक निरुपण हुन सक्दैन ।’