साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक २१.६२ अंक बढेर २६३८.६० विन्दुमा पुगेको छ। आजको
कारोबारमा ३ सय २८ कम्पनीको ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव ७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५९ अंक बढेको छ।
सालपा विकास बैंकको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। सबैभन्दा नेपाल एसबीआई बैंकको शेयर ३.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपालको ३७ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.२ प्रतिशत बढेको छ।
निर्वाचन नजिकीदै गर्दा नेप्सेमा बढोत्तरी देखिएको छ ।
