रास्वपाको आज विहानैदेखि काठमाडौँमा र्‍याली:बालेन–रवि सँगसँगै

  • Clock icon
    २०८२ फाल्गुन १६, शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ।

यसै क्रममा उक्त पार्टीले आज शनिबार काठमाडौँमा भेटघाटलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ।

र्‍यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेता सहभागी छन्।

र्‍याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिँदै छ।

बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन गरिने रास्वपाले जनाएको छ।