काठमाडौं । मंगलबार नेपाली सेयर बजारमा केवल २० मिनेटमै ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो दिन दिनभर जम्मा ५८ करोड मात्रको कारोबार भएको तुलनामा यो अचानक उच्च कारोबारले बजारमा उत्साह थपेको छ। उच्च वृद्धिका कारण केही सेयरमा तीन पटकसम्म सर्किट लाग्दा सामान्य किनबेच रोकिएको थियो।
आजको कारोबार सुरुवाती चरणमा नेप्से परिसूचकमा गिरावट देखिए पनि, सवा ११ बजेपछि बजार स्थिर भएको छ। ११:१० बजे नेप्से ४० अंकसम्म घटेको थियो भने ११:२० मा ३.६ अंकले वृद्धि भएको छ।
