कारोबार हुने साताको अन्तिम दिन आज नेप्से करिब २४ अंकले बढ्यो

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन आज करिब २४ अर्थात् २३.८७ अंक बढेर २८२०.४४ बिन्दुमा पुगेको छ।

आज बिहीबार ३ सय ३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४ सय ५ कित्ता शेयर खरिद(बिक्री हुँदा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २ सय ३० रुपैयाँ बराबरको कारोबार भएको छ।

क वर्गका कम्पनकिो सूचक सेन्सेटिभ इण्डेक्स १ दशमलव ६९ अंक, फ्लोट इण्डेक्स ० दशमलव ९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव ०५ अंक बढेको छ।

सालपा विकास बैंकको र रिलायन्स स्पिनिङ मिल्सको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रो कम्पनीको ६७ करोड ७९ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ समूहको परिसुचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ ।

लामो समयदेखि स्थिर रहेको बजारमा निर्वाचनको नतिजाले नयाँ गति लियो। विशेषगरी पुराना दलहरूको विकल्पमा नयाँ शक्तिलाई प्राप्त म्यान्डेटले देशको आर्थिक संरचनामा सुधार र सुशासन आउने अपेक्षामा लगानीकर्ताहरू हौसिएका छन्।

 

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार