विश्वभरका कवि र कविता प्रेमीहरूका लागि आजको दिन निकै विशेष मानिन्छ । किनकी संयुक्त राष्ट्र सङ्घीय अङ्ग युनेस्कोले सन् १९९९ मा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । यस वर्ष यो दिवस शनिबार परेकाले नेपाललगायत विश्वभर विभिन्न साहित्यिक उत्सव र गोष्ठीहरूको रौनक अझ बढी देखिएको छ ।
नेपाली साहित्य जगतमा चिरपरिचत कविता केवल लयात्मक शब्दहरूको संयोजन नभई भावनाको बहाव भएको छ ।
कवितालाई केवल लय र शब्दको खेल मात्र नभई भाषिक कला र विचारको संयोजन मान्ने दृष्टिमा कविता भाषिक कला र विचारको गहिरो संयोजन हो, जसले समाजको चेतना, राजनीतिक परिवर्तन र मानव मनस्थितिलाई समेत प्रतिबिम्बित गर्छ ।
आजको कविता हिजोभन्दा फरक परिवेशमा उभिएको छ । सामाजिक सञ्जालका प्रभावले आजको कवितालाई नयाँ बिम्ब र नयाँ सन्दर्भ दिएको छ । आजै जन्मनुपर्छ भन्ने मान्यता छ। हरेक युगको आफ्नै बिम्ब हुन्छ ।
‘देवकोटा आजै जन्मनुपर्छ भन्ने मान्यता राखिन्छ । हिजो लेखनाथ वा देवकोटाका पालामा मेसेन्जर, भिडियो कल, इन्टरनेट वा ग्लोबलाइजेसनको कुरा कवितामा थिएन। तर आजको पाठक आफ्नै वरपरको बिम्ब खोज्छ ।’
आजको मदन र मुनाहरू केवल भोट (तिब्बत) जाँदैनन्, तिनीहरू त अरबको तातो घाममा पसिना बगाइरहेका छन् ।
‘अरबको तातो घामको बिम्ब देवकोटाको साहित्यमा पाइँदैन, त्यो त आजकै कविले कोर्नुपर्छ,’ ‘नेपाली कवितामा शास्त्रीय छन्ददेखि आधुनिक गद्य (मुक्तलय) सम्मको जुन धार छ, त्यसमा आजको परिवेश छिर्नु नै कविताको जीवन्तता हो।’
नेपाली कविता अहिले शास्त्रीय परम्परा र आधुनिक प्रयोगशीलताबीच अघि बढिरहेको छ । शास्त्रीय छन्द, मुक्तलय कविता, गीति कविता र गजल यी सबै विधाहरू समानान्तर रूपमा विस्तार भइरहेका छन् ।
अहिले कविता लेखिने क्रम बढेको छ । साढे तीन दर्जन जति उपविधाहरू (गजल, मुक्तक, हाइकु, ताङ्का, चोका आदि) मा अभ्यास भइरहेको छ । तर, एउटा चुनौती, मोबाइलमै टाइप गर्न सकिने र सामाजिक सञ्जालमा तुरुन्तै सेयर गर्न पाइने सुविधाले लेखकहरूमा गम्भीर साधना र परिष्कारको कमी हुँदै गएको छ ।
‘हतारमा लेख्ने, छिटो प्रकाशित गर्ने प्रवृत्ति बढेको छ । तर परिष्कार र साधना घटिरहेको छ,’ ‘हिजो लेखनाथ पौडेलदेखि माधव घिमिरेसम्म कवितालाई निकै परिष्कृत गरेर मात्र कृति निकाल्ने परम्परा थियो । अहिले कतिपयले १०–१५ दिनमै महाकाव्य लेखेको दाबी छ।’
सष्ट्रामा व्याकरण, छन्द र विश्व–परिवेशको गहिरो ज्ञान आवश्यक रहेको छ।
गायक शिशिर योगीको छ, जसले एउटा एल्बम निकाल्न १४ वर्ष साधना गरेका थिए । आजको पुस्तामा धैर्यता नभएको छ । त्यसका बाबजुद, नयाँ पुस्ताको सक्रियता र सिर्जनात्मक उत्साहलाई सकारात्मक रूपमा छ । सामाजिक सञ्जालमार्फत कविता वाचन, भिडियो प्रस्तुति र प्रतियोगिताहरूले कवितालाई अझ धेरै मानिससम्म पु-याएको बुझाइ छ ।
कविताको ज्ञानलाई व्याख्या गर्ने क्षमता भएपछि ज्ञान बाहिर आउँने छ।
कविता केवल मनोरञ्जन होइन, यो त स्थानीय भाषादेखि राष्ट्रिय पहिचानसम्मलाई जोगाउने कडी हो । आज युट्युब र टिकटक जस्ता माध्यमले कवितालाई गायक वा फिल्मकर्मीको जस्तै एउटा सम्मानित ‘पहिचान’ दिलाएकोमा सकारात्मक छ।
गजलमा लेखिएको काव्यलाई ‘गजलगाथा’ र नयाँ शैलीका रचनालाई ‘कवितावली’ भन्दै उनी नेपाली साहित्यको श्रीवृद्धिमा छ ।
कविता लेख्नु रहर मात्र नभई समाज र विचारलाई नयाँ फड्को मार्न सघाउने एउटा जिम्मेवार कलाको रुपमा छ ।