मुस्ताङ हेलिकोप्टर प्रालिको पाँच जना यात्रीसहित काठमाडौँबाट दोलखातर्फ उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

शुक्रबार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

कलसाइन -एन–एएनओ हेलिकोप्टर काठमाडौँबाट पाँच जना लिएर दोलखातर्फ उडेको थियो। उक्त हेलिकोप्टर दोलखाको लाप्चा चरिकोट एरियाबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन्।

हेलिकोप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए।