सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राख्ने सरकारको तयारी रहेहो छ । अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित व्यवसायीहरूको घेराबन्दीबाट राज्य संयन्त्रलाई मुक्त गराउने बताएका छन्। उनले अबको अर्थतन्त्र र प्रशासनमा व्यापक सुधार गर्नुपर्ने बताएका हुन।
अर्थमन्त्री वाग्लेले राज्यका संरचना दुई(चार जना व्यवसायीको कब्जामा रहेको स्वीकार गर्दै त्यस्तो युग समाप्त भएको दाबी गरे। उनले व्यवसायीहरूले राज्य संयन्त्र कब्जा गरेको अवस्थाबाट छुटकारा पाउने काम भइरहेकोले अब कसैले पनि नीतिगत भ्रष्टाचार राज्यलाई लुट्ने छुट नपाउने उल्लेख गरे । वाग्लेले झण्डै दुई तिहाई बहुमत पाएको सरकारलाई थोरै मात्रै सुधार गर्ने छुट नरहेको दाबी गरे ।
‘नेपालमा केही पनि नभएको जस्तो, परम्परागत रूपमा अलि(अलि सुधारौँ भन्ने छुट नभएकाले स्थानीय तहहरूमा मिलेर काम गर्नुपर्ने धारणा राखे ।
अर्थमन्त्री डा. वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जानकारी दिए ।
