लामिछानेलाई काठमाण्डौ ल्याउन नदिन गृहमन्त्री हावी भए :रास्वपा

रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देहीबाट डिल्लीबजार कारागार सरुवा गर्ने प्रक्रिया गृहमन्त्री रमेश लेखकको निर्देशनमा रोकिएको रास्वपाका नेताको दावी छ। अदालत र प्रशासनको अनुमति भइसके पनि कारागार विभागले निर्णय नगरेको भन्दै रास्वपाले असन्तुष्टि जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको रास्वपाले आफ्नै सभापतिको सरुवा रोकिनुलाई गृहमन्त्रीको पूर्वाग्रहपूर्ण निर्णय भएको दाबी गरेको छ।
रवि लामिछाने आफैले रूपन्देहीबाट डिल्लीबजार आउन मन गरेर प्रशासनमा आवेदन दिएका थिए ।