नेपाल टेलिकमको सेवामा पछिल्लो समय समस्या देखिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा टेलिकमको एमडीलाई संगिता पहाडी अर्यालसहितका अधिकारीहरूलाई अख्तियारले मुद्दा हालेपछिको वर्तमान अवस्थाको बारेमा छलफल भइरहँदा हिजो सोमबार टेलिकमकै नेटवर्क ठप्प भएको थियो।
टेलिकमकै उच्च अधिकारीहरू र मन्त्री तथा सचिवसहितको बैठक बसिरहेको समयमा सेवा बन्द हुँदा एकछिन सबैलाई तनाव भएको थियो।
“सेवा करिब १५ मिनेट अवरुद्घ हुँदा बैठकमा नै खैलाबैला मच्चिएको थियो,” टेलिकमले जनाएको छ ।
उक्त बैठकमा नेपाल टेलिकमका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङ र सञ्चार सचिवले निर्देशन दिएका थिए।
टेलिकमकै एक उच्च अधिकारीले भने केही समय मात्रै नेटवर्क डाउन भएको दाबी गरे।
“करिब ८९ मिनेट मात्रै डाउन भयो। तर बैठकको समयमै पर्दा तनाव भयो,” टेलिकमले उल्लेख गरेको छ, “ओसिआरमा समस्या आएको भनियो। र भेन्डरले तुरून्त बनायो।”
यस विषयमा ओैपचारिक जानकारी लिन टेलिकमका प्रवक्तालाई पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ रहेको नेटवर्कले जानकारी दिएको थियो।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            