उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (डेनमार्क) का अनुसार सिन्धुपाल्चोक घर भइ हाल काठमार्डौको महाराजगन्ज स्थायी बसोबास भएकी २४ वर्षीया कविता श्रेष्ठको मृत्यु भएको हो ।
संघले कोपनहेगन डेनमार्क नेल्स्व्रोक कलेजमा अध्यनरत श्रेष्ठको मृत्युमा दुःख व्यक्त गरेको छ । यद्यपी उनको मृत्यु के कारणले भएको हो भन्ने बारे खुलाएको छैन ।
एनआरएनए डेनमार्कले नेपाली दूतावास, सम्वन्धित अस्पताल, उनका परिवारजन (नेपाल-डेनमार्क) संग सम्पर्क÷ जानकारी गराई सकिएको समेत जानकारी दिएको छ ।
‘नेपालमा रहनुभएका परिवार जनहरूवाट लिखित रुपमा मृत सरिर लाई नेपाल पठादिन अनुरोध गर्नु भएको जानकारी गराउन चाहन्छौं । तसर्थ सो कार्यमा गैर आवासीय नेपाली संघ, डेनमार्क पुर्ण रुपमा लागेको र यस संग संम्वन्धित प्रक्रियागत थप जानकारी अर्को सुचना मार्फत गराईने जानकारी गराउन चाहन्छौं । संघले भनेको छ ।