साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५.०६ अंकले घटेर २७००.४७ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ०.०८ अंकले बढेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४७ कम्पनीको ७४ लाख ६८ हजार ६ सय ७६ कित्ता शेयर ३९ हजार ५ सय ७० पटक किनबेच भएको छ। ३ अर्ब ४१ करोड ७९ लाख ९४ हजार १ सय ७६ रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ३ अर्ब ६३ करोड ३७ लाख ५८ हजार ९ सय १० रुपैयाँको कारोबार भएको थियो।
आज सोपान फर्मास्युटिकल्स लिमिटेड र अपोलो हाइड्रोपावर लिमिटेडको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलबिद्युत कम्पनीको ३१ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा ८ उपसमूहको परिसूचक घटेको छ। ५ उपसमूहको परिसूचक बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८६ प्रतिहतले घटेको छ।
