स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज ३३.२८ अंकले घटेको छ ।
यो अघिल्लो दिनको तुलनामा १.२१ प्रतिशतले कम हो । कूल ३६० कम्पनीको ६९ हजार ८३० कारोबारबाट ६ अर्ब ८ करोड ८६ लाख ३ हजार ३ सय ५४ रुपैयाँ बराबरका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
शेयर बजारको गिरावट ठूलो अंकले रहेको शेयर जानकारहरु बताउँछन् ।
