एनएमबि बैंकद्वारा ताप्लेजुङको मौवा खोला जलविद्युतमा वित्तीय व्यवस्थापन सम्झौता

एनएमबि बैंक

एनएमबि बैंकले ताप्लेजुङको मौवा खोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा ऋण लगानी (वित्तीय व्यवस्थापन) गर्ने भएको छ ।

बैंकले १७.८५ मेगावाट क्षमताको उक्त आयोजनामा ऋण लगानी गर्नेबारे दुईपक्षीय सम्झौता पनि भएको छ । सम्झौतापत्रमा बैंकका सस्टेनेबल इनर्जी बैंकिङका चिफ दिनेश दुलाल परियोजनाको प्रवद्र्धक कम्पनी काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले हस्ताक्षर् गर्नुभएको छ । हस्ताक्षरपश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गर्नुभयोे । एनएमबि कार्यक्रममा बैंकका सिइओ घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयसीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गर्नुभएको छ ।

बैंकले यस्ता प्रकृतिका आयोजनामा आफ्नै नेतृत्वमा लगानी बढाउँदै आइरहेको छ ।