इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको हो।
इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामारत्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,ु दूतावासले सूचनामा भनेको छ।
उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको हो ।