कारोबार हुने साताको दोश्रो दिन नेप्से कारोबार बढ्यो

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा झरेको छ।आज शेयर बजार परिसूचक नेप्से २६०० को मनोवैज्ञानिक टेवा बिन्दुभन्दा तल ओर्लिएको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.११ अंक, फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंकले ओरालो लागेका छन्।

नेप्से परिसूचकसँगै कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँको शेयर खरिदबिक्री भएकोमा सोमबार ३५७ वटा कम्पनीको ४६ हजार ५८९ पटकको कारोबारमा ४ अर्ब १० करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ।

सर्वोत्तम पेन्ट्सको सेयरमूल्य लगातार ९ कारोबार दिन सकारात्मक सर्किट लेभलमा बढेर १३७ रुपैयाँ ५० पैसा वृद्धिसँगै १०५४ रुपैयाँ ७० पैसा पुगेको छ।

कारोबार रकमका आधारमा ९० करोड ७ लाख रुपैयाँको सेयर कारोबार गर्दै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो।