एनआरएनए हरुलाई ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने बाटो खुला

गैरआबासीय नेपाली हरुलाई ८ अर्ब ५० करोड रुपैयाँको आईपीओ जारी गर्ने बाटो खुला भएको छ ।

नेपाल राष्ट्र बैंकले एनआरएनहरुले विदेशी लगानी स्वीकृत गरेर नेपाली रुपैयाँमै बैंक खाता खोल्न पाउने सुबिधा दिएसँगै एनआरएनहरुका लागि ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने बाटो खुला भएको हो । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै गैरआवासिय नेपालीहरुलाई विदेशी लगानी स्वीकृत गरि नेपाली रुपैयाँमै बैंक खाता खोलेर ल्याउने पाउने सुबिधा उपलब्ध गराएको छ ।

यसअघिसम्म विदेशी लगानी विदेशी मुद्रामै ल्याउनुपर्ने र डलर खातामै राख्नुपर्ने व्यवस्था थियो ।