सरकारले भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा भने यथावत् राखेको छ।
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै नेपाल आयल निगम सञ्चालन समितिको मंगलबारको बैठकले साविककै मुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटिर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसाले बढेर आएको छ।
निगमले भोटेकोसी बाढीका कारण मूल्य यथावत् राखिएको जनाएको छ।
काठमाडौँमा हाल पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम छ। त्यस्तै एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ छ।

