ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल आइडिया नेपालबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ ।
आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने छ ।ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
पछिल्लो समय बैंकले यी र यस्ता संस्थाहरुसँग सहकार्य बढाउँदै आइरहेको छ ।