सफ्ट टेनिसमा नेपाल पराजित

  • Clock icon
    २०८३ आश्विन २, शुक्रबार

जापानको आइची नागायोमा जारी २० औं एसियाली खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरूष टिम इभेन्टमा नेपाल दक्षिण कोरियासँग ३-० ले पराजित भएको छ।

मेन्स डबल्समा कमल भण्डारी र प्रदीप खत्रीको जोडी ह्युङयोन लि र जेक्यु पार्कको जोडीसँग ५-० को सहज नतिजामा पराजित भए।

दक्षिण कोरियाका जोडीले नेपाल जोडीलाई  ४-०, ४-१, ४-२, ६-४ र ४-१ को नतिजमा माथ दियो । मात्र ११ मिनेटमा नै नेपाल पराजित भएको हो।

मेन्स सिंग्ल्समा ब्रिटिश जेश पाण्डे किम किम जिनयोङसँग ४-० ले पराजित भए। ब्रिजेशले ४-२, ४-०, ४-१ र ४-३ ले खेल गुमाए।

यस्तै मेन्स डबल्समा भने नेपालबाट बाइ पाउँदा कोरियाले ३-० को सोझो सेटको जित हात पार्यो।

नेपाली महिला भलिबल टोलीले समूह चरणका आफ्नो दुबै खेल गुमाइसकेको छ। नेपाल टोली पहिलो खेलमा जापान र दोस्रो खेल खेलमा हिजो इन्डोनेसियासँग समान ३-० सेटले पराजित भएको थियो।

२० औं एसियाडको औपचारिक उद्घाटन भोलि हुनेछ। नेपालबाट २१ खेलका १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।