उडिरहेको विमानभित्रै पाइलट स्मितलाई आक्रमण गरेका को-पाइलट भाइरल

गत सेप्टेम्बर ३० तारिख यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईका पाइलटलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका को-पाइलटको तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा छाएको छ।

त्यस दिन पाइलट भारतीय नागरिक स्मित मच्छरलाई रगपच्छे बनाउने को-पाइलट ओमानी नागरिक हमाम अल-हमामी भएको र उनको सम्बन्ध आतंकवादीसँग रहेको खुलासा भएपछि उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।

सुरुमा पाइलटलाई चक्कुले आक्रमण गरेको भनिए पनि  यूएई सरकारले भने खासमा को-पाइलट हमामीले आपत्‌कालीन अवस्थाका लागि विमानको ककपिटभित्रै राखिने ‘क्र्यास एक्स’ अर्थात् बन्चरो प्रयोग गरेको बताएको छ।

यद्यपि घटनाको वास्तविकता र उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी रहेको यूएईका महान्यायाधिवक्ताले बताएका छन्।

अल अरेबिया इङ्लिसका अनुसार अल-हमामीले ओमान बाहिर धेरै समय बिताए। यस क्रममा उनी सिरियामा पनि लामो समय बसेका थिए। यही बेला उनी कट्टरपन्थी विचारबाट प्रभावित भए।

अनुसन्धानबाट उनले धार्मिक व्यक्तिरूसँगको भेटघाट गरेको कुरा खुलासा भएको छ। एजेन्सीहरूले उनी कसरी कट्टरपन्थी विचारबाट प्रभावित भए भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्।

इरानलाई ट्रम्पको चेतावनी-‘आक्रमणकारी सहपाइलटको सम्बन्ध पाइयो भने घातक आक्रमण’