मधेश प्रदेश सरकारले यही वैशाख २२ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।
जानकी नवमी (सीता जयन्ती) को अवसरमा उक्त बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।
साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।