कारोबार हुने साताको दोश्रो दिन आज शेयर बजारमा ११.९६ अंकको सुधार

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार

नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ११.९६ अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार २० अंकले घटेको शेयर बजार परिसूचक नेप्सेमा आज सामान्य सुधार आएको हो।

आज मंगलबार नेप्से परिसूचक बढेर २५७८.७३ बिन्दुमा पुगेको छ। बजारसँगै क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.७५ अंकले बढेका छन्।

बजार परिसूचकसँगै हिजो सोमबार कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

३५९ स्टकको ४१ हजार ६०७ पटकको कारोबारमा ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

कारोबारमा आएको त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य मंगलबार सर्वाधिक ५.११ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ।

कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। मंगलबार १३ उपसमूहमध्ये ११ मात्र उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ।