काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न स्वास्थ्य परीक्षण तथा निदानात्मक सेवामा छुट उपलब्ध गराउने उद्देश्यले नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर, महाराजगञ्ज, काठमाडौंसँग सम्झौता गरेको छ।
सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकले नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरमा उपलब्ध विभिन्न निदानात्मक सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
डिजिटल भुक्तानीमा छुट सुविधा
बैंकका ग्राहकले यो छुट सुविधा प्राप्त गर्न सम्बन्धित सेवाको भुक्तानी सिद्धार्थ बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवामार्फत गर्नुपर्नेछ।
बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्वास्थ्यसम्बन्धी सेवामा प्रत्यक्ष आर्थिक बचत उपलब्ध गराउने उद्देश्यले यो सुविधा ल्याइएको हो।
नगदरहित कारोबारलाई प्रोत्साहन
सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा आर्थिक सहुलियत उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ ग्राहकलाई प्रोत्साहित गर्नु रहेको बैंकले जनाएको छ।
डिजिटल भुक्तानीको प्रयोग बढाउँदै ग्राहकलाई दैनिक जीवनमा बैंकिङ सेवाको सहज प्रयोग गर्न प्रोत्साहित गर्ने बैंकको रणनीतिअन्तर्गत यस्तो सहकार्य गरिएको हो।
‘सिद्धार्थ केयर’बाट जानकारी लिन सकिने
छुट सुविधा तथा सम्झौतासम्बन्धी थप जानकारी आवश्यक परेमा ग्राहकले सिद्धार्थ बैंकको २४ घण्टा, सातै दिन सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत आवश्यक जानकारी लिन सक्नेछन्।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवाको प्रयोगमार्फत विभिन्न सेवा तथा सुविधाबाट लाभ लिन प्रोत्साहित गर्दै आएको छ।
