गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ ।
स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई अस्पताल पुर्याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।
आज सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको छ ।
घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
