नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् ।
दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुका ५ बजे बजे सुरु हुनेछ । अघिल्ला संस्करणका नतिजा र यस सिजनको सुरुवाती प्रदर्शन हेर्दा दुवै खेलमा टोलीहरूले आफ्नो लय सुधार्ने प्रयास गर्नेछन् ।
एनपीएलका अघिल्ला दुई संस्करणमा जनकपुर बोल्ट्स र काठमाडौं गोखोजबीच दुई खेल भएका छन् । तीमध्ये दुवै टोलीले एक एक खेल जितेका छन् ।
त्यसैले आज बिहीबारको प्रतिस्पर्धा एकअर्काविरुद्धको अग्रता लिने अवसर पनि हुनेछ ।
उनीहरु सँगै-सँगै बढ्ने बचतको लागि
पहिलो संस्करणमा सन् २०२४ डिसेम्बर १२ मा भएको खेलमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो । उक्त खेलमा काठमाडौँ १९.३ ओभरमा १०१ रनमा समेटिएको थियो । जवाफमा जनकपुरले १५.५ ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।
फोटो रातोपाटीबाट लिएको
